-केशबराज ज्ञवाली, अर्घाखाची डट्कम्।
फुदबाङ ,सन्धिखर्क – साना किसान कृषि सहकारी संस्था लि. खाचिकोटको १९ औ साधारण सभा सम्पन्न भएको छ । फुद्वाङ्ग स्थित फुलबारी बगैचामा सम्पन्न साधारण सभाले संस्थाका अध्यक्ष चन्द्रावती पोख्रेलले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन र लेखा समिती संयोजक गोपाल प्रसाद भुसालले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन सहितका प्रस्ताव पनि पारित गरेको छ।
साधारणसभामा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेस्ठले सहकारिले देश बिकासमा उल्लेखनिय टेवा पुर्याएको भन्दै सहकारिहरुलाइ थप पारदर्शी र साना किसानको हितमा अझै उत्कृष्ट काम गर्न सुझाव दिए ।
यस्तै साधारणसभा सफलताको शुभकामना दिदै जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेलले सहकारिहरुमा जम्मा भएको रकम कृषि उत्पादन बजारीकरण र उत्पादनमा जोड्न सहयोग गर्न स्थानिय तहलाइ अनुरोध गरेका छन ।
सन्धिखर्क २ का वार्ड अध्यक्ष मोतिजंग रायमाझिले सभाको सफलताको सुभकामना दिदै अझै राम्रा काम गर्दै थप पारदर्शी र उत्पादनमा जोडिन सुझाव दिए ।
यस्तै सन्धिखर्क नगरपालिका ७ का वार्ड अध्यक्ष चुरा बहादुर केसीले सहकारी मार्फत उत्पादनमा जोडिन सबैलाइ अपिल गरेका छन । सहकारिका ऋण लगानी , बचत लागायतका अन्य सेवा – सुबिधाहरु सबैले बुझिने गरि सहजीकरण गर्न पनि उनको अनुरोध छ ।
अनुगमन भ्रमणका नाममा फजुल खर्च बढेको भन्दै केसिले सरर घुमेर आउने भन्दा केही सिक्ने गरि भ्रमणका कार्यक्रम ल्याउन पनि सहकारिलाइ सुझाव दिएका छन । किसानहरुले सधै रासायनिक मल अभावको समस्या झेल्ने गरेकोले सहकारिले त्यसमा ध्यान बढाउन आवस्यक रहेको पनि अध्यक्ष केसिले औल्याएका छन ।
१५ सय बढी शेयर सदस्य भएको यो सस्थाले यो आर्थिक बर्ष भित्र उक्त संख्या १८ सय पुराउने लक्ष्य राखेको छ ।
संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ सुलभ कर्जा सुबिधा सहित उन्नत बीउ बिजन , रासायनिक मल बिक्री बितरण , पशुधन सुरक्षण बिमा योजना , नया नोट सटही , कृषि प्रशिक्षार्थी तालिम शेयर सदस्य सहित स्थानियहरुलाइ निशुल्क भित्ते पात्रो लगायतका सुबिधा दिदै आएको छ ।
साधारणसभाको अवसर पारेर संस्थाले उत्कृष्ट १२ जना कृषकहरु सहित ज्येष्ठ नागरिकलाई सम्मान पनि गरेको थियो ।साथै कर्जा बिमा सुरक्षण कार्यक्रम अन्तर्गत मृतकका परिवारलाइ बिमा रकम भुक्तानी पनि गरेको थियो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृश्न प्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेको १९औं बार्षिक साधारण सभामा मेयर श्रेष्ठ सहित जिल्ला समन्वय समिति सदस्य लक्षमण कंडेल , सन्धिखर्क २ का वार्ड अध्यक्ष मोतिजङ्ग रायमाझी ,सन्धिखर्क ७ का वार्ड अध्यक्ष चुरा बहादुर के सि सहित
वार्ड सदस्य हरु , कृषि बिकास बैंक अर्घाखाँचीका प्रवन्धक दुर्गा प्रसाद खनाल जिल्ला सहककारि संघ र जिल्ला कृषी सहकारी संघका प्रतिनिधि , साना किसान नरपानी , खिल्जि र ढिकुराका प्रतिनिधि संस्थाका संस्थापक अध्यक्ष ढुन्डिराज ज्ञवाली , पत्रकार केशवराज ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
साधारणसभा कार्यक्रम साना किसान कृषि सहकारी संस्था खांचिकोटका प्रवन्धक बिश्नु मरासिनिको संचालन र सस्थाका अध्यक्ष चन्द्रावती पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
थप तस्विर :