डोलेश्वर बहुउद्देश्यीय सहकारिको दोस्रो साधारण सभा सम्पन्न , दर्ता बिना चलेका सहकारी तत्काल बन्द गर्न नगर प्रमुख श्रेष्ठको आग्रह (तस्बिर् सहित)

Open photo

– बसन्त खड्का ,अर्घाखाँची डटकम

सन्धिखर्क  – डोलेश्वर बहुउद्देश्यीय सहकारी अर्घाखाँचीको दोस्रो साधारणसभा सन्धिखर्कमा सम्पन्न भएको छ । टुडिखेल स्थित सभाहलमा सम्पन्न कार्यक्रमले सस्थाका सन्चालक समिती अध्यक्ष मतिराज शर्माले प्रतुत गरेको बार्षिक प्रतिवेद्न सहित बिभिन्न प्रस्तावहरु अनुमोदन पनि गरेको छ ।

May be an image of 4 people, temple, dais and text 1

संस्थाको साधारणसभामा शुभकमना मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृश्न प्रसाद श्रेष्ठले दर्ता प्रक्रिया बिना चलाइएका समूह तथा सहकारीहरु तत्काल बन्द गर्न वा दर्ता प्रक्रियामा आउन चेतावनी दिएका छन । दर्ता नगरी चलाइएका समूह सहकारिहरु स्वत अबैधानिक भएकाले खोजी खोजी कारबाही गरिने उनले बताएका छन । आज सन्धिखर्कमा डोलेश्वर बहु उदेस्यिय सहकारिको साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन ।

May be an image of 12 people and text 1

विधि प्रक्रियामा गएर सन्चालन भएका सहकारिको उत्थान र विकासमा सन्धिखर्क नगरपालिका सधै साथै रहेको भन्दै उनले सहकारिहरुलाइ नगर बिकास र समग्र देश बिकासमा टेवा पुर्याउदै नागरिकको हितमा काम गर्न उनले सुझाव दिए । सहकारिको माध्यम बाट नागरिकहरुमा बचतको बानी बिकास भएको र सो बचत अफ्ठेरोमा काम लाग्ने हुदा बचत गर्ने बानिले नागरिकलाई आत्मनिर्भर हुन मद्दत पुगेको उनको भनाइ छ ।

May be an image of 3 people, dais, temple and text

यस्तै सन्धिखर्क – २ का अध्यक्ष मोतिजंग रायमाझिले सहकारीको माध्यम बाट आम नागरिकको जनजिवन धेरै सहज भएको भन्दै सहकारी र सहकार्यको सिद्धान्तनै देश बिकासको मुख्य कडि भएको बताएका छन । कार्यक्रम सस्थाका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता कार्य कारी प्रमुख दिपक केसिको सञ्चालन र सञ्चालक समिती सदस्य शुक्रदेब बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

थप् तस्बिर्: 

1May be an image of 4 people, television and crowdMay be an image of one or more people and crowd May be an image of 3 people, people playing football and text 1 1