गुल्मी: यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेना कार्यक्रम सम्पन्न ।

– सागर परियार

बुधबार लुम्विनी प्रदेशको गुल्मी जिल्लामा अवस्थीत श्री जनवोध माध्यमिक विद्यालय रुरुक्षेत्र ४र५ रानीबासमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । भिजिवल इम्प्याक्ट द्धारा आयोजिक सचेतना कार्यक्रममा संस्थामा आवद्ध लुम्विनी प्रदेशका युथ च्याम्पीयनहरुले कार्यक्रमको सहजिकरण गरेका थिए ।

No description available.1

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तरगत सुरक्षीत गर्भपतन भनेको के हो ? सुरक्षीत गर्भपतन सेवाको उदेश्य,गर्भपतनका प्रकार,असुरक्षीत गर्भपतनका तथ्यहरु र यस बाट निम्तीने समस्याहरुको बारेमा जानकारी गराएको थिए ।

No description available.1

यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा सबैको समान पहुच हुनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरू र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको लागि पनि सुरक्षित गर्भपतनको हक रहेको र उनिहरुको लाई पनि ध्यानमा राखेर सेवा प्रवाह गर्नु पर्ने भिजिवल इम्प्याक्टका कार्यक्रम अधिकृत दिपेश लिम्बुले बताएका थिए । सचेतना कार्यक्रममा भिजिवल इम्प्याक्टका कार्यक्रम अधिकृत दिपेश लिम्बु , ईनिसा पाठकको सहभागितामा, युथ च्याम्पीयनहरु सागर परियार, कुसल डुम्रे, प्रवेश पौड्याल लगायतले विद्यालयका करिव ८० जना विद्याथीहरुलाई विषय बस्तुको बारेमा सहजिकरण गरेका थिए ।

No description available.

हाल सम्म ७७ वटा जिल्लामै भएका अस्पतालहरु र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा सुरक्षित गर्भपतन सेवा , औषधीद्वारा गरिने गर्भपतन सेवा ५१ वटा जिल्लाहरुका केहि स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता भन्दा माथिकोे गर्भपतन सेवा २९ वटा अस्पतालहरुमा उपलब्ध रहेको छ । साथै नेपाल सरकारले सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भपतनलाई निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

111