काठमाडौँ– एक वर्षमा विभिन्न मुलुकमा गरी करिब २० हजार नेपाली नागरिक विदेशमा उपचारका लागि गएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा १० हजार ६९५ पुरुष र ८ हजार ८०९ महिला विदेशस्थित विभिन्न अस्पतालमा उपचारका लागि गएका हुन् ।
रोजगारका लागि ८ लाख ८ हजार ४१५ जना गएका छन् । पुरुष ७ लाख २३ हजार ७८९ जना पुरुष र महिला ८४ हजार ६०४ जना महिला रोजगारका लागि विभिन्न मुलुक गएको अध्यागमन विभागले जनाएको छ ।
त्यसैगरी, यस वर्ष पनि नेपालीहरू विभिन्न मुलुकमा स्थायी बसोबासका लागि गएका छन् । सन् २०२३ मा ७० हजार ९१५ नेपाली स्थायी बसोबासका लागि विदेश गएका हुन् ।
पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विभिन्न मुलुक गएका छन् । विद्यार्थी भिसामा १ लाख हजार ५४२ जना विदेश गएका छन् ।
इकागजले उल्लेख गरेको छ ।