म जति सफल हुनुपर्ने हो, अझै भएको छैन : प्रधानमन्त्री दाहाल

spot_img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभएको छ ।

नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताउनुभएको हो ।

1

प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनुभयो । उहाँले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताकाविरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

1

प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि दोहो¥याउनुभयो ।

111