-केशबराज ज्ञवाली,अर्घाखाची डट्कम्।
अर्घाखाँची – १३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको आज भब्य उद्घाटन भएको छ् । स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नेपाल सरकारका माननीय सस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले उदघाटन गरेकी हुन ।
उअद्घाटन समारोहमा शुभकामना मन्तब्य राख्दै प्रमुख अथिति राज्यमन्त्री ठकुरिले खेलकुद श्वासथ जीवनअको अभिन्न अङ भएको बताएकि छन । उनले जिल्लाको खेल क्षेत्रमा आफु सधैं हातेमालो गर्ने प्रतिवद्दता पनि जनाएकी छन ।
राज्य मन्त्री ठकुरीले ब्यानर बाचन गरी ओलम्पिक दियो बालेर उद्घाटन गरेको खेलमा राष्ट्रिय धावक रोहित अधिकारिले दियो लाई मैदान परीक्रमा गराएका थिए । समारोहमा सशस्त्र प्रहरीका तर्फ बाट आगलागी बाट बच्ने उपायका सम्बन्धमा डेमो प्रस्तुत गरिएको थियो ।खेलमा सहभागि अर्घाखाँचीका छ् वटै पालिकाका खेलाडिहरुले मार्च पास् पनि गरेका हुन ।
रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा राज्य मन्त्री ठकुरीले सहित् छ् वटै पालिकाका प्रमुख ,उप प्रमुख , प्रमुख जिल्ला अधिकारि सहित् जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु पालिकाका प्रमुख प्रशासकिय अधिक्रितहरु शिक्षा शाखाका प्रमुखहरु खेल प्रेमी बिद्यालयका विद्यार्थीहरु पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
तीन दिनसम्म संचालन हुने जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । भने खेलमा भलिबल , कपडी एथलेटिक्स तेक्वान्डो लगायतका खेल रहने आयोजकले जनाएको छ् ।