‘जबज’ त्याग्नु आत्मघाती र आत्मसमर्पणवादी, तानशाह स्वीकार्न सकिंदैन : माधव नेपाल

तस्वीर : हरिराम भेटुवाल / रासस

spot_img

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपाधेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गरे । पार्टीका नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिष्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताएका हुन् ।

अध्यक्ष नेपालले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राइट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए । उनले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गरे ।