श्रीलंकामा भिषण वर्षाका कारण आएको बाढीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १ लाख २० हजार मानिस घरबारविहिन बनेका छन्। यसैगरी बाढीका कारण ८ लाख ५० हजार मानिस विस्थापित बन्न पुगेको बताइएको छ। बाढीका कारण श्रीलंकाको पूर्वि र उत्तर पूर्वि क्षेत्र बढी प्रभावित बनेको छ।
भिषण वर्षाका कारण पूर्वि र उत्तर पूर्वि क्षेत्रका दर्जनौ प्रान्तका पहाडी भूभागमा पहिरो गएको बताइएको छ। सोही कारण सडक र रेल यातायात नराम्ररी प्रभावित बनेको छ। सरकारले विस्थापितहरुलाई अस्थायी आश्रयस्थलहरुमा राख्दै आएको छ।
वर्षा र बाढीका कारण लाखौ हेक्टर भूमिमा लगाइएको धानबाली नष्ट भएको छ। बाढी र वर्षाका कारण धानबाली नष्ट भएकाले श्रीलंकामा चामलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।