बाँसबारीको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरण : व्यवसायी अरुण चौधरी पक्राउ

spot_img

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

उनी औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको छ ।