विश्व बैंकद्बारा यस वर्ष विश्वव्यापी अर्थतन्त्रको बृद्धि दर शिथिल भई 3.3%मा झर्ने अनुमान

विश्व बैंकले हाल सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार, विश्वको अर्थतन्त्र यस तथा आउने यी दुई वर्षमा बृद्धि भएतापनि बृद्धि दर भने शिथिल हुने र आर्थिक पुनरोत्थानमा अझै खतरा हुने अनुमान गरेको छ।

         उक्त प्रतिवेदनका अनुसार, विश्वको अर्थतन्त्र सन् 2010मा 3.9%ले बृद्धि भएको थियो। विकासोन्मुख मुलुकहरुले विश्वव्यापी अर्थतन्त्रको बृद्धिमा आधा-आधीको रुपमा योगदान दिएका थिए। सन् 2011मा विश्वको अर्थतन्त्रको बृद्धि दर शिथिल भई 3.3%सम्म घट्ने अनुमान छ।

         धेरैजसो विकासोन्मुख मुलुकहरु आर्थिक संकटबाट पुनरोत्थान भईसकेका छन् र चीन पूर्वी एशियाली र प्रशान्त क्षेत्रमा आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र हुने छ। चीनसँगै यस वर्ष र आउने वर्षमा पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक बृद्धि दर 8% तथा 7.8%लाई कायम राख्ने सम्भावना भएको पनि प्रतिवेदनमा जनाएको छ।