भारतद्बारा काश्मिर क्षेत्रमा रहेको सुरक्षा फौजको संख्यमा कटौति

भारतीय गृह सचिव जि.के.फिलाईले हिजो नयाँ दिल्लीमा बोल्दै काश्मिर क्षेत्रको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि भारतले आगामी बाह्र महिनामा भारतको नियन्त्रणमा रहेको काश्मिर क्षेत्रमा पच्चीस प्रतिशत सुरक्षा फौज कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

            श्री फिलाईका अनुसार, भारतको नियन्त्रणमा रहेको काश्मिर क्षेत्रमा तैनाथ सुरक्षा फौजको कटौति गर्नुका साथै भारतले भारततर्फ यात्रा गर्ने पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिर क्षेत्रका बासिन्दामाथि लगाइएको नियन्त्रणलाई पनि खुकुलो पार्नेछ।

            गत वर्षको मे महिना स्थानीय बासिन्दा तथा भारतीय सैनिक प्रहरीबीच भिडन्त उत्पन्न भएयता भारतको नियन्त्रणमा रहेको काश्मिर क्षेत्रको परिस्थिति लगातार रुपमा तनावपूर्ण हुँदैगएको देखिन्छ। त्यस अवस्थाको नियन्त्रणमा लागि भारत सरकारले अधिकांश सुरक्षा फौजलाई त्यस क्षेत्रमा पठाएको थियो।