गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला

spot_img

-रमेश विश्वकर्मा

तम्घास- गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला लगाइएको छ ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका यहाँका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालयले ताला लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार तम्घासको उदिनढुङ्गास्थित मापदण्डविपरित रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरमा ताला लगाइएको हो ।

औषधी व्यवस्था विभागमा दर्ता हुनु पर्नेमा दुई वटै एग्रोभेट सेन्टर दर्ता नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको सूचना अधिकारी गैरेले बताउनुभयो । दुई एग्रोभेट सेन्टरले औषधी व्यवस्था विभागमा आफ्नो एग्रोभेट सेन्टर दर्ता गरी दर्ता प्रमाणपत्र ल्याएमा खुल्ने उहाँले बताउनुभयो ।

आज जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा पनि आवश्यक कागजात नभेटिएको र औषधी व्यवस्था विभागको आदेशअनुसार दुई वटै एग्रोभेट सेन्टर बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।

केही समय पहिले औषधी व्यवस्था विभागले अनुगमन गर्दा यी दुई वटै एग्रोभेट सेन्टरले दर्ता नगरेको भेटेपछि दर्ता गरी प्रमाणपत्र ल्याउन भनेको थियो ।