काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताउनुभएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गर्नुभयो । उहाँले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधानमा झनै ढिलासुस्ती हुन थालेको बताउनुभयो । उहाँले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजस्व हिनामिना भएको भनिएपनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गर्नुभयो ।