–गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
फागुन–१८,अर्घाखाँची। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । सुर्यज्योतिमा साबधिक बीमा गराएका सन्धिखर्क–११, डिभर्नाका स्व.मोतिराज खनालको परिवारलाई कम्पनीले ५ लाख ९६ हजार २ सय ५० रुपैंया बीमा दाबी भुक्तानी गरेको हो ।
शुक्रबार सुर्यज्योतिको सन्धिखर्क स्थित कार्यालयमै एक कार्यक्रमको आयोजना गरि कम्पनीको अर्घाखाँची शाखा म्यानेजर कुशल गौतमले स्व.मोतिराजको श्रीमती मिना ज्ञवाली (खनाल)लाई चेक हस्तान्तरण गर्नुभएको हो ।
“मोतिराज खनालले २०७७ असार ४ गते ५ लाख रुपैयाँ बराबरको साबधिक जिवन बिमा अन्तर्गत बीमित हुनुभएको हो ।” सुर्यज्योति अर्घाखाँची शाखाका अप्रेशन इन्चार्ज
कमल पाण्डेले भन्नुभयो, “२०८० पौष ५ गते उहाँको ४० बर्षको उमेरमा निधन भएको छ ।” उहाँले अगाडि थप्नुभयो,“आफ्नो बिमा शुल्क बापत कम्पनीलाई ४ किस्ता बुझाउनुभएका मोतिराजको निधन पश्चात उहाँको परिवारलाई कम्पनीले ५ लाख ९६ हजार २ सय ५० रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।”
दाबी भुक्तानी कार्यक्रममा बोल्दै कम्पनीका सिनियर एजेन्सी म्यानेजर कृष्ण प्रसाद खनालले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने दाबी गर्दै जिवनबिमा सबै नागरिकको लागि अनिवार्य भएको बताउनुभएको छ । मृत्युलाई रोक्न र बीमितको जिवन फर्काउन नसकिएपनि परिवारलाई सानो भएपनि राहत पुग्ने उहाँको तर्क छ ।
दाबी भुक्तानी कार्यक्रममा एजेन्सी म्यानेजर तिलकराम भट्टरनई, गोविन्द खनाल, प्रेम बुढाथोकी, मन्जु मरासिनी, स्वर्गिय मोतिराजका बुवा छविलाल खनाल र कर्मचारी निर्मला गैरे लगायतको उपस्थिति रहेको थियो ।
थप तस्बिर: