रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलमा भएको आत्मघाती विष्फोटमा कम्तिमा ३१ जनाको मृत्यु

काठमाडौं – रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलमा सोमबार साँझ भएको आत्मघाती विष्फोटमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । विष्फोटमा एक सयभन्दा बढी घाइते भएका छन् ।

रुसका अनुसन्धान प्रमुखले विष्फोट आतङ्ककारीले गरेको दाबी गरेका छन् । विदेशी कामदार र पर्यटकको बाक्लो उपस्थिति रहने उक्त विमानस्थल मुख्य शहरभन्दा करिव ४० किलोमिटर दक्षिण पूर्णमा छ ।

घाइतेका लागि अहिले आपतकालीन उद्दार जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।