जनवरी 26 तारिख वा आज भारतको गणतन्त्र दिवस हो। यसै उपलक्ष्यमा आज भारतको राजधानी नयाँ दिल्लीमा भव्य परेड समारोह आयोजना भएको छ।
आज आयोजित समारोहमा भारतका राष्ट्रपति प्रतिभा पाटिल र भारतको भ्रमणमा रहनुभएका इन्डोनेशियाका राष्ट्रपति सुसिलो बामबाङ परेड समारोहमा सहभागी हुनु भएको छ। भारतका प्रधानमन्त्री सिंह र भारतका विभिन्न पार्टीका नेतागण, भारतका लागि विश्वका विभिन्न मुलुकका राजदूत, भारतका विभिन्न ठाँउका प्रतिनिधिहरु र हजारौं सर्वसाधारणहरु सो परेड समारोहमा सहाभागी भएका छन्।
गणतन्त्र भारत सन् 1950को जनवरी 26 तारिखका दिन औपचारिक रुपमा स्थापना भएको हो। जनवरी 26 तारिखका दिन भारतको गणतन्त्र दिवस हो। आज 26 तारिखका दिन भारतको 62 औँ गणतन्त्र दिवस परेको थियो।