उत्तर पूर्वी कोलम्बियाको कोइला खानीमा विष्फोट हँुदा कम्तिमा २१ जना खानी मजदूरको मृत्यु भएको छ। अधिकारीहरुले नोर्ट डे शानटान्डर क्षेत्रमा रहेको ला प्रेसिओसा कोइलाखानीमा विष्फोट भएको पुष्टि गर्दै विष्फोटका कारण अन्य ६ जना घाइते भएको जनाएका छन्।
कोइला खानीमा प्रयोग हुने मिथेन ग्यास बनाउने क्रममा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। विष्फोट स्थलमा रेडक्रसका अधिकारीहरुले उद्धार कार्यलाइ तिव्र बनाएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।