भारतको एउटा युद्धपोत कन्टेनर राखिएको जहाजसित ठोकेर आगलागी

भारतको एशियाली समाचार समितिका अनुसार, भारतको नौ सेनाको एउटा युद्धपोत हिजो दिउँसो मुम्बाईको बन्दरगाह बाहिर कन्टेनर राखिएको एउटा जहाजसित ठोकेर आगलागी भएको तर हताहत भएको छैन।

भारतको नौ सेनाका अनुसार, आगलागी इन्जिन भएको कोठामा लागेको कारण युद्धपोतको भित्री भागमा ठूलो क्षति पुर्‍याएको छ। सन् 1981मा संचालनमा आएको यस पूरानो युद्धपोतको जीर्णोद्धार गर्नसकिने छैन।

हाल भारतको समुद्र तटवर्ती प्रहरीले कन्टेनर राखिएको सो जहाजमाथि छानबीन गर्न नियन्त्रणमा लिएको छ।