– प्रेमनारायण आचार्य
अर्घाखाँची २६ माघ । अर्घाखाँचीको खाँचीकोट गाविसमा ब्यबसायीक रुपमा च्याउ खेती शुरु गरिएको छ ।
तस्बिर अर्घाखाँचीडट्कम/फाइल
खाँचिकोट गाविस वाड नं ५ बटुवामा मधु केसीले ब्यबसायीक च्याउ खेती शुरु गरेका हुन् । उनलॆ दुईवटा टहरा बनाएर ब्यबसायीक च्याउ खेती गरेका छन् ।
तस्बिर: अर्घाखाँचीडट्कम/फाइल
युबाहरु बिदेशमा गएर रोजगारीको लागि भौतारिरहेको समयमा ब्यबसायीक तरकारी खेती संगै च्याउ खेती शुरु गर्न थालेका छन् । अहिले च्याउ प्रति केजी दुई सय रुपियाका दरले च्याउ बिक्री भएको कृषक केसीको भनाई छ ।
तस्बिर: अर्घाखाँचीडट्कम/फाइल
उनले आफ्नो पाँच रोपनी जग्गा र लिजमा लिएको १५ रोपनी गरि २० रोपनी जग्गामा ब्यबसायीक तरकारी खेती शुरु गरेको बताएका छन् । जग्गा लीजमा लिएर ब्यबसायीक तरकारी खेती शुरु गरेको अर्घाखाँचीमा पहिलो पटक हो ।
तस्बिर: अर्घाखाँचीडट्कम/फाइल
ब्यबसायीक च्याउ खेतीको आज जिल्ला कृषि बिकास कार्यलयका प्रमुख यमनारायण देबकोटाको नेतृत्वमा आज अनुगमन गरिएको छ । अनुगमन टोलीमा जिल्ला बिकास समितिका योजना तथा प्रशासकिय अधिकृत धु्रुब गिरी योजना अधिकृत हरिस्चन्द्र भुसाल जिल्ला प्राबिधिक प्रमुख नबिन िसंह पत्रकार प्रेम आचार्य लगायतको उपस्थिति रहेको थियो ।
तस्बिरहरु: अर्घाखाँचीडट्कम/फाइल