लिवियामा सुरक्षाकर्मी र विरोधी प्रदर्शनकारीबीच भएको भिडन्तमा कम्तिमा छयालिस जनाको मृत्यु भएको मानवअधिकार संघसंगठनको दावी


उत्तर अफि्रकी राष्ट्र लिवियामा सरकार विरोधी प्रदर्शनकारी र सुरक्षाकर्मी विच भएको भिडन्तमा कम्तिमा छयालिस जनाको मृत्यु भएको मानव अधिकारवादी संघ संस्थाहरुले जनाएका छन्। प्रदर्शनलाइ ध्यानमा राख्दै सरकारले देशको कतिपय ठाउहरुमा इन्टरनेट सेवा र विद्युत सेवा अवरुद्ध गरेको छ।

 

लिवियामा दशकौदेखि शाशन गर्दै आएका नेता मूआम्मर गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन्। देशका प्रमुख शहरहरुमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भिडन्त भएको र शुक्रवारको भिडन्तमा मात्र दर्जनौ मानिसहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

 

प्रदर्शनकारीहरुले गद्दाफीको दशकौको शासनमा मुलुकमा राजनैतिक, आर्थिक र सामाजिक सुधार नभएका कारण आन्दोलनमा उत्रन बाध्य भएको जनाएका छन्।

 

केहि दिनदेखि छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शाशन गरेका शाशकलाई सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।