काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर सहभागी भएका छन्। उनी सांकेतिक रुपमा विरोध प्रकट गर्दै मुखमा टेप टाँसेर बैठकमा सहभागी भएका हुन्।बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन्।
महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए। तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोध स्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाए।
एनपी