-सागर परियार ,अर्घाखाँची
अर्घाखाँची – स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनाका सुरक्षित गर्भपतन सम्बन्धी मुल्य मान्यता र ब्यवहार रुपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । बुधवार देखी सन्धिखर्कमा सुरु भएको अभिमुखीकरण कार्यक्रम दुई दिन सम्म चल्ने छ ।
तालिममा नेपालमा गर्भपतन लाई दिएको कानुनी मान्यता, सामाजिक परम्परागत सोच,गर्भपतन गर्ने महिलालाई हेर्ने दृष्टिकोर्ण, गोपनियता अपनाएर सुरक्षित ढंगले गर्भपतन गराउन सकिने व्यवस्था लगायतका विषयमा छलफल संगै अभिमुकरण गरिने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम फोकल प्रर्शन विजय बरालले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला अस्पतालका नर्सिङ्ग अधिकृत सुनिता आर्चाय, बरिष्ठ नर्सिङ्ग निरिक्षक सरस्वती बञ्जाडे, नर्सिङ्ग निरिक्षक चेतना यादव लगायतको सहजिकरण गर्नु भएको छ ।
कार्यक्रम स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख शिव नेपालीको अध्यक्षता, जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलको स्वागत मन्तब्य र कार्यक्रम फोकल प्रसन तथा सुचना अधिकारी विजय बरालको संचालनमा तथा सहजिकरण रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिला अधिकारर्मी र संचारकर्मी लगायतको उपस्थिती रहेको छ ।