-बिष्णु खनाल सन्धिखर्क , अर्घाखाँची ।
अर्घाखाँची – नेपाली काँग्रेस अर्घाखाँचीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जन नायक बिश्वेश्वर प्रसाद कोईरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको हो ।
नेपाली काँग्रेसले प्रत्येक वर्षको श्रावण ६ गते स्वर्गीय विपि कोईरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको लदाम बँगैचामा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पिपल, राजवृक्ष, तेजपत्ता, सफेतो, वीरेन्द्र फुल गरी एक सय वटा बिरुवा रोपिएको नेपाली काँग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
वृक्षारोपण पश्चात कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति केशव श्रेष्ठ पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, पुर्व पदाधिकारी, जिल्ला सदस्य, प्रदेश सभा क र ख पदाधिकारी, सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, वडा कार्यसमितिका पदाधिकारी, सदस्य, लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला पार्टी सभापति केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।
यस्तै आज वडा कार्यसमिति, पालिका कार्यसमितिले आयोजनामा विभिन्न कार्यक्रम भएका छन् ।
थप तस्बिर: