रक्षा बजेटमा बाह्र दशमलव सात प्रतिशतले बृद्धि गर्ने चीन सरकारको घोषणा

चीनले रक्षा बजेट बाह्र दशमलब सात प्रतिशतले वृद्धि गर्ने घोषाणा गरेको छ। गत वर्ष सुरक्षा क्षेत्रमा पँाच सय बत्तिस दशलमब एक अर्ब युआन बजेट छुट्टाइएकोमा सन् दुइ हजार एघारका लागि छ सय एक दशमलब  एक अर्ब युआन अर्थात एकानब्बे दशमलब पाच अर्ब खर्च छुट्टाइने बताइएको छ।

 

आज देखि शुरु हुने कम्यूनिष्ट पार्टीको वार्षिक सभाको पुर्व सन्धयामा सो घोषाणा गरिएको हो। आज बस्ने कम्यूनिष्ट पार्टीको सभाले पाच वर्षै आर्थीक योजनाको रुपरेखा तय गर्ने चिनीयाँ सञ्चार माध्यमहरुले जनाएका छन्। चीनको सैनिक संरचनाले अन्य राष्ट्रहरुलाइ चिन्तित र शंसकित बनाउदै आएको छ।

 

बिहीवार चिनीयाँ सरकार एक नेता यूकी इदनाले सेनाको आधुनिकिकरण र सक्रियता पारदर्शी रुपले अगाडि बढाउन आवस्यक रहेको बताएका थिए। ठुलो मात्रामा तेल र ग्यास भ48डार रहेको मानिने विवास्पद दक्षिणी चाइना सीको क्षेत्रलाइ लिएर चीन र जापान बीच तनाब कायम रहेको छ। यद्यपी विश्लेषकहरुले विवादस्पद क्षेत्रमा सैनिक संघर्ष हुन सक्ने सम्भावना कम रहेको बताउछन्। चीनले क्षेत्रिय तनाब भन्दा देशको आर्थीक वृद्धि र स्थायित्वलाइ महत्व दिने गरेको पनि केही विश्लेषकहरुको भनाइ छ।  चीनले सन् दुइ हजार दशमा रक्षा बजेट सात दशमलब पाच प्रतिशत वृद्धि गरेको थियो। गत हप्ता भारतले पनि सुरक्षा खर्च एघार दशमलब छ प्रतिशतले वृद्धि गर्ने घोषाणा गरेको थियो।