वृक्षारोपण गरि मनाइयो नवौं राष्ट्रिय सामुदायिक वन दिवस (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क–२, भलायडाँडा स्थित सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । शनिबार नवौँ राष्ट्रिय सामुदायिक वन दिवस २०८१ को अवसरमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा भलायडाँडा वनक्षेत्रमा करिब २ सय बिरुवा रोपिएको हो ।

May be an image of crocodile, grass and text

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क–२ का वडा सदस्य खिम बहादुर मुखिया, सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीका अध्यक्ष मधु कुमार श्रेष्ठ, पुर्व अध्यक्ष रामचन्द्र पोखरेल, ईश्वरा पोखरेल, वन अधिकृत उमेश शाह, पत्रकार महासंघ जिल्ला सदस्य गोपाल प्रसाद भट्टराई, केशब पन्थी लगायत स्थानिय नागरिकहरुको सहभागितामा चिउरी, सफेदो, अमला जस्ता प्रजातीका बिरुवा रोपण गरिएको स्थानिय अगुवा शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

May be an image of 9 people, tree and text

वृक्षारोपण कार्यक्रमकै अवसरमा बोल्दै जिल्ला समन्वय प्रमुख कोइरालाले बिरुवा र मानवविचको सम्बन्ध जिवनसंग जोडिएको बताउँदै रोपिएका बिरुवा र वनको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभएको छ । वनको संरक्षण, सम्बद्र्धन र दिगो उपयोगलाई ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

May be an image of 12 people and tree

May be an image of 3 people, grass and tree

कार्यक्रममा सामुदायिक वनको नीति, कार्यक्रम र महत्वका बारेमा समेत उपभोक्ता समक्ष प्रकाश पारिएको अर्का स्थानिय अगुवा गोविन्द प्रसाद पोख्रेलको भनाई छ ।

 

अन्य समाचारहरु