असोजको पहिलो हप्ता केन्द्रीय समितिको बैठक बोलाउने माओवादीको निर्णय

 

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठक अगाडी सबै प्रदेशमा जवस /मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रदेशका बेठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरु उपस्थित हुने उहाँले बताउनु भयो ।

उहाँले बाग्मती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताउनु भयो ।

उहाँकाअनुसार ३ वटा केन्द्रीय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ । प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको बताउनु भयो ।