-टेकराज भुसाल।
बुटवल। भूमिकास्थान-रुपन्देही सम्पर्क समाजको प्रथम साधारणसभा, अधिवेशन तथा सम्मान कार्यक्रम आगामी भदौ ८ गते बुटवलमा हुनेभएको छ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसाेवास गर्नेहरु बीच स्थापना गरिएको समाजले आगामी भदौ ८ गते शनिवार बुटवल बेलवास स्थित अर्घाखाँची पाटी प्यालेसमा प्रथम अधिवेशन तथा साधारणसभा आयोजना गरेको संस्थाका अध्यक्ष लक्ष्मण बेलवासेले बताए।
प्रथम अधिवेशन तथा साधारणसभालाई भव्य र शव्य रुपमा सम्पन्न गर्नका निम्त विभिन्न उपसमितिहरु निर्माण गरि तयारीमा जुटेको समेत अध्यक्ष बेल्वासेले बताए।
अधिवेशनकाे एक भव्य समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका प्रेस सल्लाहकार टेकराज भुसालले जानकारी दिएका छन्।