अर्घाखाँची ; भुमिकास्थान नगरपालिकाको सरकारी कागजात किर्ते सम्बन्धी प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन र निर्दोषलाइ नफसाउन माग गर्दै जनमोर्चाले अर्घाखाँचीका प्रजिअ मार्फत नेपाल सरकारलाइ ज्ञापन्पत्र बुझाएको छ । जनमोर्चाले कुनै पनि बहानामा निर्दोषलाई फसाउन खोजे संघर्षमा उत्रन बाध्य हुने पनि भनेको छ ।
भुमिकास्थान नगरपालिका वार्ड -९ स्थित सानडेवामा चुनढुङ्गा उत्खनन् गर्ने अनुमतीपत्र नगरपालिकाले नदिएको र त्यसमा उल्लेखित नगरप्रमुख झबिलाल थापाको हस्ताक्षर , नगरको छाप , लेटरप्याड चोरी गरि किर्ते गरिएको भनी झबिलाल थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरि उपर प्रहरिले बिजया सिमेन्टका प्रतिनिधि नवाब अलिलाइ पक्राउ गरि अनुसन्धान जारी राखेको छ ।
जनमोर्चाले चुनढुंगा प्रकरण केन्द्रीय कार्यक्रम सहित देशमा भएको बिकृति बिसङती भ्रष्टाचार संघीयता,एम सि सि लगायतका बिषय केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत नेपाल सरकारलाइ ज्ञापनपत्र बुझाएको वसन्त खड्काले बताएका छन ।