अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि सुनामी , १ जनाको मृत्यु

सूनामीका कारण अमेरिकाको क्यालिफोर्निया राज्यको तटिय क्षेत्रमा १ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको तटिय क्षेत्रतर्फ अघि बढिरहेको सूनामीको तस्विर खिच्ने प्रयास गर्ने क्रममा उनको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

 

उत्तरी डेल नोर्टे काउन्टीको तटिय क्षेत्रमा समुद्रको पानीको छालले उनलाइ बगाएको र पछि स्थानिय प्रशाशनले उनको मृत्यु भएको घोषणा गरेको हो। सो ब्यक्तिको ना स्थानिय प्रशाशनले उल्लेख नगरेको भएतापनि उनी २५ वर्षको पुरुष रहेको जनाएको छ।

 

यसैविच क्यालिफोर्निया प्रशाशनले सूनामीको खतरालाइ ध्यानमा राख्दै राज्यको ४ वटा तटिय काउन्टीमा संकटकालको घोषणा गरेको छ।  जपानमा शुक्रवार गएको शक्तिशाली भूकम्पका कारण सूनामीको प्रभाव अमेरिकासम्म पुगेको हो।