रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ : स्वर्णिम वाग्ले

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगिको आरोपमा क्लिन चिट पाएको बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताउनुभएको हो ।

उपसभापति वाग्लेले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताउनुभयो । उहाँले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताउनु भयो । उहाँले छानविन समितिले देशलाई भलो हुने काम गरेको बताउनुभयो ।

उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने बताउनुभयो ।

  • Image