अर्घाखाँची : पाँच युवाहरुको सकृयतामा आगलागि पिडितको घर निर्माण कार्य सम्पन्न ।(तस्बिर सहित)

-केशब पन्थी , अर्घाखाची डट्कम।

छत्रदेव, अर्घाखाची-  गत बैसाख २९ गते अर्घाखाची जिल्लाको छत्रदेव गाउँपालिका वडा – ४ फसिन्डाडामा आगलागि हुदा केहि घर गोठ जलेर नष्ट भएका थिए। सक्नेहरुले घर पुन निर्माण गरे तर गरिबिको चपेटाले बिहान साझको छाक टार्न समेत गार्हो हुनेहरुका लागि बज्रपात पर्यो खुला आकासको बास भयो । त्यो कारुणिक अबस्था देखेर छत्रदेव गाउँपालिका निवासि ५ युवा को संयुक्त पहलमा अभियान सन्चालन गरी ७९ बर्षिय एक्लि महिला धनकला पाण्डेको घर निर्माण कार्य सम्पन्न भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा आर्थिक अभियान सन्चालन गरी पिल्लर राखेर दुइ कोठा, तालो सहितको घर पक्कि टवाइलेट र मैरी निर्माण गरिएको छ ।
साथै पाण्डेलाई आबश्यक पर्न बेड बिस्तारा भाडाहरुको पनि सबै ब्यबस्था गरिएको छ ।

प्राकृतिक प्रकोपबाट घरबार बिहिन भएकाहरुलाइ सरकारले उचित ब्यबस्थापन नगर्दा युवाहरु अभियानमा लागि अभियान सन्चालन गरी यस्तै गरिव पिडितको उद्दार पछिल्लो समयमा धेरै भएको पाइन्छ ।

सामाजिक कार्यमा सकृय कमल पोखरेल , नारायण खनाल पशुपति पाण्डे , रामु खनाल र अमित पाण्डेको संयुक्त सकृयतामा घर निर्माण कार्य सम्पन्न भएको हो ।

अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण परोपकारी मनहरुलाइ घर निर्माण अभियान टिमको तर्फ देखी विशेष धन्यवाद प्रकट गर्दै घर निर्माण अभियानको सम्पूर्ण खर्च विवरण आउँदो आश्विन २७ गते एकादशीको दिन विशेष कार्यक्रमको साथ सार्वजनिक गरिने भएको छ ।