अर्घाखाँची: नाैमती पञ्चे बाजा हस्तान्तरण

 

-हिम बहादुर जी सी “लेकाली” अर्घाखाँची।

आश्विन ४ ,सन्धिखर्क – सन्धिखर्क नगरपालिकाले श्रृजनशिल नाैमति पन्चे बाजा समूह सनपा १२ डिभर्ना लाई एक सेट नाैमती पन्चे बाजा प्रदान गरेकाे छ । सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ले साे पन्चे बाजा समुहकी अध्यक्ष निमकला ताम्राकारलाई हस्तान्तरण गर्नु भएकाे छ । सन्धिखर्क नगरपालिकाकाे अार्थिक सहयाेगमा सिकाई प्रबर्द्धन र सामाग्री हस्तान्तरण कार्यक्रम अन्तरगत यी बाजा प्रदान गरिएकाे हाे ।

गत अासार २४ गते साे कार्यक्रम अन्तरगत उक्त पन्चे बाजा समुहका १५ जना महिलाहरूले सन्धिखर्क नगरपालिका बाट तालिम लिएका हुन् । सो तालिमकाे प्रशिक्षण राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सदस्य ,कलाकार शिव शाहले प्रदान गर्नु भएकाे थियाे ।

सामाग्री बितरण गर्दै नगर प्रमुखले याे सिप कलाले महिलाहरू अात्म निर्भर बनाउन सहयाेग पुर्याएकाे बताउनु भयाे । निरन्तर कला साधनाले मात्र सक्षम कलाकार बनाउन सहयाेग पुर्याउने भएकाेले साधनालाई निरन्तरता दिन अाग्रह गर्नु भयाे।

बाद्यबादनमा दमाहा २ सेट ,सहनाई २ सेट टेमकुलाे १ सेट ,ढाेलकि १ सेट ,कर्नाल १ सेट ,नरसिंह १ सेट ,झ्याली १ सेट गरि ९ थान बाजा रहेका छन् । याे बाजा समूह कि टिम क्याप्टेन पार्बता श्रेष्ठ र संयाेजकमा मिना श्रेष्ठ रहनु भएकाे छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,६ नं. वडा अध्यक्ष श्रीधर महत्रा ,७ नं बडा अध्यक्ष चुराबहादुर के.सि . सामाजिक ब्यक्तित्व बिष्णु परियार समेतकाे उपस्थिति रहेकाे थियाे ।

सबै महिलाहरूमात्र रहेकाे याे टाेलीकाे बाद्यसिप र उत्साहले अरू महिलादिदी बहिनिहरूलाई उत्साहित र प्रेरित गरेकाे देखिन्छ । याे संस्कृति विकासले अब जात बिशेषले मात्र बाजा बजाउने नभएर सबैले कला सिक्दै जानाले नयाँ पुस्तामा कला हस्तान्तरित हुने र जुगाै सम्म कला संस्कृतिकाे संरक्षण र सम्बर्द्धन हुने सुनिश्चितता देखिन्छ ।