काठमाडौं : दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको बुझिएको छ ।
भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
त्यसपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरूले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने देखिएको छ ।