९० प्रतिशत समय त पार्टी भित्रको लडाइँमै बित्छ : गगन थापा

 

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका नेता/कार्यकर्ताहरूको ९० प्रतिशत समय पार्टी भित्रको आन्तरिक लडाइँमा नै बित्ने गरेको बताएका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेस महामन्त्री थापाले भने, ‘हाम्रो ९० प्रतिशत समय पार्टी भित्रको लडाइँमा गएको छ, एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ।’ यसरी समय खेर फाल्नु नहुने तर्क उनको छ। ८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक सङ्गठन नै नभएको बताउँदै थापाले अब यसलाई सुधार गरेर लैजानुपर्ने बताए।

सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताए। ‘हामी ठिक तरिकाले हिँड्न सकेका छैनौँ, केन्द्रले पनि स-साना बाटो बनाइरहेको छ। त्यही बाटो प्रदेशले पनि बनाइरहेको छ,’ उनले भने, ‘यो अवस्था सुधार गरेर लैजानुपर्छ।’

-एनपी