जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे नेतृत्वमा संयुक्त बजार अनुगमन: हजारौं बढी मूल्यको अखाद्य सामग्री बरामद गरी नष्ट गरियो (तस्बिर सहित)

Open photo

 

– अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनमा बिहिबार एकैदिन हजारौं बढी मूल्यको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएकाे छ।

अर्घाखाँची जिल्लामा पछिल्लो केही दिनयता बजार अनुगमनलाई तीव्रता दिईएको छ ।जिल्लाकाे सदरमुकाम सन्धिखर्क चुत्राबेशी क्षेत्रमा रहेका बजारमा गरिएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल नेतृत्वको टोलीले हजारौंकाे अखाद्य वस्तु बरामद गरी नष्ट गरेको प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए।

May be an image of 7 people

अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबिन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए ।

May be an image of 1 person and text

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

May be an image of 2 people

बजार अनुगमनका क्रममा खाद्य पदार्थमा सुजी, मरमसाला, चाउचाउ, बिस्कुट, कोकाकोला, दालमोट प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएकाे प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

May be an image of 6 people and fire

उक्त अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे-नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको थियो ।

May be an image of 2 people

अनुगमनमा प्रशासन, उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स घरेलु तथा उद्योग विकास कार्यालय सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

थप तस्बिर :

May be an image of 7 people

May be an image of 1 person and text

May be an image of 5 people, grass and tree

May be an image of ticket stub and text

May be an image of ticket stub and text

अन्य समाचारहरु