विश्व मुटु दिवस २०८१ः अर्घाखाँचीमा रक्तचाप र तौल परिक्षण गरि मनाईयो (तस्बिर सहित)

Open photo

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – विश्व मुटु दिवस २०८१ को अवरसमा सन्धिखर्कमा जनचेतनामूलक कार्यक्रमका साथै रक्तचाप परिक्षण शिविरको आयोजना गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा आइतबार सन्धिखर्क–शान्ति बगैंचामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 1 person and text

सो अवसरमा करीब १ सय ५० जनाको रक्तचाप परिक्षण गरि तौल समेत नाप गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभएको छ ।

सो अवसरमा उपस्थित जानकारहरुले मुटुरोगका कारण देशभर वर्षेनि ३० हजार जनाको मृत्यु हुने गरेको जानकारी दिँदै मुटुरोग लाग्न नदिन खानपान तथा जीवनशैली सन्तुलित राख्न आग्रह गरेका छन् ।

May be an image of 2 people and text

रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने डाक्टरहरुको भनाईलाई उदृत गर्दै प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष भुसालले बताउनुभएको छ ।

May be an image of 7 people and text

May be an image of 3 people and text

प्रतिष्ठानले विगत वर्षहरूमा पनि यस खालका मुटु परिक्षण शिविर आयोजना गरेको अध्यक्ष भुसालको भनाई छ । यसबर्ष काम गरौं मुटु बचाऔं भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको छ ।

 

अन्य समाचारहरु