बिहे गर्ने भनेर एक युवकले बोलाएपछि पुगेकी १९ वर्षीय युवती बलात्कार, चार युवक पक्राउ

 

दाङ – दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन्।  बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए।

१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चारजनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए।

सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

-एनपी