जापानी फुकुशिमा दाइचीको आणविक बिद्युत स्टेशनमा सिमेन्टद्बारा चुहिएको ठाउँ मर्मत गरिएको काम विफल

जापानी फुकिशिमा दाइचीको प्रथम आणविक बिद्युत स्टेशनको दुई नम्बर मेशिन समूहबाहिरको इनारको भित्तामा चुहिएको समस्याको समाधानका लागि टोकियो विद्युत कम्पनीले सिमेन्टद्बारा चुहिएको ठाउँ मर्मत गरेको तर विफल भएको जनाएको छ। फोहर पानीलाई छेक्नका लागि हाल उच्च तत्वद्बारा मिसाइएको भौतिक वस्तुलाई इनारको माथिल्लो भागमा पुर्‍याइएको छ।

           गत दुई तारिखका दिन उक्त इनारको भित्तामा बीस सेन्टीमिटर जति लामो चर्केको फेला पारेको थियो। उच्च विकिरणयुक्त फोहर पानी त्यस ठाउँबाट समुद्रमा प्रवेश भएको छ। त्यसै दिन टोकियो विद्युत कम्पनीले फोहर पानीको प्रतिरोधका लागि दुईपटक त्यस इनारमा सिमेन्ट थपिदिएको थियो। तर अन्त्यमा त्यस काम विफल भएको छ।

           टोकियो विद्युत कम्पनीले आजै जोडतोडसँग एक नम्बर र तीन नम्बरका मेशिन समूहबीचको भूमिगत कोठाभित्र बाँकी रहेका पानीलाई सफा गरेको छ।