फ्रान्सका विदेश मन्त्रीद्बारा लिबिया समस्याको समाधानको उपाय खोज्ने कुरा व्यक्त

फ्रान्सका विदेशमन्त्री अलाइन जुपेले हिजो लिबिया समस्याको एउटा अन्तर्राष्ट्रिय सम्पर्क टोलीले तेह्र तारिखका दिन कतारको राजधानी दोहामा एउटा बैठक आयोजना गर्ने बताउनुभयो। उहाँले सो बैठकमा लिबिया समस्याको समाधान गर्ने उपाय खोज्ने कुरा पनि बताउनुभयो।

         श्री अलाइन जुपेले हाल लिबियाको परिस्थिति धेरै जटिल रहेको छ भन्दै फ्रान्सले अफ्रिकी संघ पनि दोहामा आयोजना गरिने अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने आशा गरेको बताउनुभयो।