काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ ।नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताएका छन् ।
एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले आयोजना गरेको सभाका क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।
सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको दोस्रो पटक पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु पौने २ बजे नेकपा एमालेको पार्टी कार्यलय जान लागेको महानगरपालिकाले जनाएको छ ।