जापानी प्रधानमन्त्री नाओटो कानले हिजो राती त्यहाँको भ्रमणमा रहनुभएका ओस्ट्रेलियाका प्राधानमन्त्री जुलिया गिल्लार्डसँग वार्ता गर्नुभयो। वार्तामा उहाँहरुले आणविक उर्जाको सुरक्षालाई मजबुत पार्ने सन्दर्भमा आपसी सहयोग गर्दैजाने कुरामा सहमति जनाउनुभयो।
उक्त वार्तामा श्री नाओटो कानले जापानले निरन्तर रुपमा सक्दो ठूलो प्रयासमार्फत अन्तर्राष्ट्रिय समाजसमक्ष फुकुशिमा दाइजीको प्रथम आणविक विद्युत स्टेशनको दुर्घटनासम्बन्धी वास्तविक सूचनालाई खुला पार्नुका साथै पूर्ण रुपमा उक्त दुर्घटनाको छानबीन गर्दैजाने अठोट व्यक्त गर्नुभयो।
प्रत्युत्तरमा श्री गिल्लार्डले जापानले उक्त आणविक विद्युत स्टेशनको दुर्घटनाको समाधानका लागि गरेको प्रयासलाई ओस्ट्रेलियाले समर्थन दिएको बताउनुभयो।