-अनिल नेपाली ।
भुमिकास्थान- भुमिकास्थान नगरपालिका वडा न ७ का अध्यक्ष रामचन्द्र ढुङ्गानाले स्थानीय सरकार जनताको घरदैलाे सरकार भएकोले आफू निर्वाचित भएपछि जनतालाई स्थानीय सरकारकाे अनुभुत गराउने गरि काम गरेको बताउनु भएको छ ।
अध्यक्ष ढङ्गानाले जनतालाई स्थानीय सरकारकाे अनुभुत गराउने गरि विकास निर्माण र सेवा प्रबाहका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको , ५ बर्षमा आफ्नो वडालाई विकास दुष्टिले नमुना वडाकाे रूपमा विकास गरि भाैतिक विकास सगसगै सामाजिक विकास पर्यटकिय विकास लाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए।
५ बर्षमा रणनीतिक उपलब्धि हासिल गदै समुन्नत वडाकाे वडाबासिले परिकल्पना गर्ने बताउदै युवाहरूलाई स्वराेजगार बनाउन आत्मनिर्भरका तालिम समेत सञ्चालन गरेको , नगरले समेत भुमिकास्थानमा क्रमशिल जनशक्तिकाे नाममा बाझाे जमिन भाडामा लिएर खेती गरेको बताए।
भुमिकास्थान नगरपालिका सामाजिक विकास समिति सदस्य र विधायन समिति सदस्य समेत रहेका अध्यक्ष ढुङ्गानामा समाज रूपान्तरण र परिवर्तन गर्ने हुटहुटि छ आफू निर्वाचित भएपछि विकासका दुष्टिले धेरै अगाडि बढेको बताउदै कृषि र पशुपालन तर्फ पनि आत्मनिर्भर बनाउनका प्रयासरत रहने बताए।