सियोल, २० मंसीर । अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने दक्षिण कोरियाली राष्ट्रपति युनबिरूद्द महाअभियोगमा मतदान हुने भएको छ ।
दक्षिण कोरियाली मिडियाका अनुसार राष्ट्रपति युनलाई महाभियोग लगाउनु पर्ने वा नगर्ने भन्ने विषयमा मतदान स्थानीय समय अनुसार शनिबार १९ः ०० तय भएको छ । सो दिन महाअभियोगका बारेमा मतदान हुनेछ ।
कोरियाली संसदका ६ बिपक्षी दलले उनी बिरूद्द बुधवार महाअभियोग प्रस्ताव दर्ता गरे पछि प्रक्रिया अघि बढाइएको हो ।
कोरियाली संसदमा विपक्षीसँग १९२ सिटको बहुमत भए पनि प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ सांसदमध्ये कम्तीमा आठ सांसदको मत आवश्यकता पर्छ । सत्तारूढ दलका कम्तिमा ८ सांसदले महाअभियोगको पक्षमा मतदान गरे पनि राष्ट्रपति महाअभियोग लागेर निलम्बनमा पर्नेछन भने नत्र उनी महाअभियोगवाट बच्न सक्नेछन् ।
तर, कोरियाली समाचार एजेन्सी योनयापका अनुसार युनको सत्तारुढ पीपुल पावर पार्टीले उनको महाभियोगको विरोध गर्ने भएको छ ।
उता, मार्शल ल लगाउन आफ्नो हात रहेको भन्दै त्यहाँको रक्षा मन्त्रीले राजिनामा दिए पछि कोरियाली राजनीति थप रोचक बन्दै गएको छ ।