८३ हजार ९ सय ९० मतदाता दर्ता भएकोमा ४९ हजार १ सय ८४ मतदाताले मतदान गरेका थिए । साङ्गेले कूल मतको २७ हजार ५१ मत (५५ प्रतिशत) पाए । निर्वाचन परिणाम अप्रिल २६ मा घोषणा गरिएको हो ।
तिब्बतीहरुको शरणार्थीमा रहेको सरकारका प्रधानमन्त्रीलाई तिब्बती भाषामा ‘कालोन ट्रिपा’ भनिन्छ । ‘कालोन’ भन्नाले मन्त्री हुन्छ । उक्त पदमा नै साङ्गे निर्वाचित भएका हुन् । साङ्गेले आगामी अगस्त १४ मा उक्त पद सम्हाल्ने छन् । सन् २००१ मा तिब्बती संसद्ले दलाई लामालाई प्रधानमन्त्री छान्ने नयाा कानुनमार्फत निर्देश गरको थियो ।
साङ्गको जन्म सन् १९६८ मा भारतका दार्जिलिङमा भएको हो । अन्तर्राष्ट्रिय स्तरमा तिब्बतीहरुको मानवअधिकारका प्रवक्ता रहेका साङ्गे कानुनका विद्यार्थी हुन् । उनी हार्भर्ड ल स्कुलका रिसर्च फेलो पनि हुन् ।
नेपालमा दोस्रो ठूलो संख्यामा तिब्बती छन् । तर नेपालमा भने तिब्बती नेता छान्ने निर्वाचनमा सरकारले उदारता देखाएन । तिब्बतबाहिर रहेका १ लाख २७ हजार ९ सय ३५ तिब्बतमध्ये १३ हजार ५ सय १४ नेपालमा छन् । अन्य देशमा बस्ने तिब्बतीको संख्यामा ७० हजार ५ सय ५६ पुरुष र ५७ हजार ३ सय ७९ महिला छन् ।
सबभन्दा बढि भारतमा छन् भने नेपालपछि भूटानमा छन् । यी दुई देशमा क्रमशः ९४ हजार २ सय ३ र १ हजार २ सय ९८ तिब्बती छन् । अन्य विभिन्न देशहरुमा १८ हजार ९ सय २० छन् । चीनबाहेक अन्य देशमा बस्ने तिब्बतीको संख्या ३ प्रतिशत हो । सन् १९९८ मा अन्य देशमा बस्ने तिब्बतीको संख्या १ लाख ११ हजार २० थियो ।