तेलअभिभ, २६ मंसीर । भ्रष्टचारको अभियोग लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अदालतमा उपस्थित भएका छन् ।
नेतन्याहुले आफ्नो लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा मंगलबार पहिलो पटक बयान दिएका छन । ७५ वर्षीय नेतान्याहु इजरायलका पहिलो वर्तमान प्रधानमन्त्री हुन्, जसलाई अपराधको अभियोग लगाइएको छ।
तर, उनले ‘आफ्नो डरलाग्दो सुरक्षा नीति लिए पछि हमला भएको’ प्रारम्भिक बयान दिएको जनाइएको छ ।
इजरायल गाजामा युद्धमा संलग्न रहेको र सिरियालगायत क्षेत्रीय उथलपुथलबाट उत्पन्न सम्भावित नयाँ खतराहरूको सामना गरिरहेको बेला उनलाइ अदालतमा उभ्याइएको हो । गत हप्ता न्यायाधीशहरूले फैसला गरेका थिए कि सन २०१९ मा लगाइएको अभियोग माथी नेतान्याहूले अब हप्तामा तीन पटक बयान दिनैपर्छ भन्ने आदेश दिएको थियो ।
लामो समयदेखि इजरायली नेतालाई अदालतबाट बाहिर रहेको भन्दै उनलाइ बयानका लागि बोलाउन थालिएको हो । इजरायलको रक्षा मन्त्रालयले अदालत र युद्ध कोठाको बीचमा झगडा गर्न बाध्य पारेको बिश्लेषण गरेको छ । इजरायली मिडियामा पत्रकारहरूले नेतान्याहुले गरेको भ्रष्टचारका बारेमा वर्षौंदेखी लेखेको भए पनि उनी माथी मुद्दा अगाडी नबढाएको भन्दै बिपक्षीहरूले आलोचना गर्दै आएका थिए ।
नेतान्याहुले तीन न्यायाधीशको अदालतलाई भने, ‘म यो क्षण सत्य बोल्नको लागि आठ वर्षदेखि पर्खिरहेको थिएँ तर म प्रधानमन्त्री पनि हुँ, सात मोर्चाको युद्धबाट देशको नेतृत्व गरिरहेको छु। र मलाई लाग्छ कि दुई समयान्नन्तरमा गर्न सकिन्छ।’
अभियोजकहरूले नेतान्याहूलाई कम्पनीका पूर्व अध्यक्षद्वारा नियन्त्रित समाचार वेबसाइटमा आफू र उनकी पत्नी साराको सकारात्मक कभरेजका लागि बदलामा बेजेक टेलिकम इजरायललाई लगभग १.८ बिलियन शेकेल (अर्थात लगभग ५०० मिलियन डलर) को नियामक पक्षहरूलाई घुस खुवाएको आरोप लगाउँदैँ आएका छन्।