-जितेन्द्र खत्रि ।
भूमिकास्थान अर्घाखाँची । श्री भगवति माध्यमिक विद्यालय भूमिकास्थान नगरपालिका वडा नम्वर २ ढाकावाङ्ग काेटमैदानकाे ६३ औं वार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख थापाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो ।
नगर प्रमुख थापाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिबर्तन संभव रहेको बताउनुभयो । भूमिकास्थान नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल दिन नसकेको बताउनु भयो ।
उहाँले शिक्षा सुधारका लागी ब्यापक छलफल आवस्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थुप्रै आधार भएकाले हरेक शिक्षकको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो ।
सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताउनु भयो ।उहाँले स्थानीय तहले मात्र नभई अभिभावक, शिक्षाप्रेमी र विद्यालयको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीलाई आकर्षण गर्ने वातावरण तर गर्ने कुरामा सबैको हातेमालो आवश्यक रहेको बताउदै नगर प्रमुख थापाले गुणस्तरीय शिक्षा र उपचार गर्न नसक्ने स्थितिकै कारण लाखौं नागरिक विदेशीएको दावी गर्नु भयो।
नगरपालिका शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताउनु भयाे ।
यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताउदै अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्ने बताए ।
उनले प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख टुवलाल सापकाेटा पुर्व प्रधानाध्यपक कमल प्रसाद खनाल बिश्व माविका पुर्व प्रधानाध्यपक जुमलाल खनाल अभिभावक संघका अध्यक्ष राजु सुनार वडा सदस्य नारायण प्रसाद खनाल शैक्षिक व्याक्तित्व जिव नारायण खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, दितीय तथा तृतीय हुने अनुसासन र जेहनदार विद्यार्र्थीरुलाई स्वर्गिय काबेरि खनाल र फर्सुराम खनाल अक्षयकाेषवाट पुरस्कार वितरण गरिएको छ । त्यसै गरी विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, दितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । हाल विद्यालयमा जना २३९ विद्यार्थीहरु अध्ययनरत छन् भने १२ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
कार्यक्रममा २ नंबर वडा भित्रका बिद्यालयका प्रधानाध्यपक बिभिन्न संघसंस्थाका अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष चुरामणी खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बिष्णु प्रसाद बेल्वासेले बार्षिक प्रगति प्रतिवेदन सगै बिद्यालयकाे अबस्थाकाे बारेमा जानकारि प्रस्तुत गर्नुभएको थियो कार्यक्रम शिक्षक निता रानाकाे स्वगत मन्तव्य र खुम थापाकाे संचालनमा सम्पनन भएकाे थियाे ।
थप तस्बिर :