इजरेलद्बारा प्यालेष्टाइनतर्फको कर रकम हस्तान्तरण स्थगित

इजरेली बित्तीय मन्त्रालयले हिजो इजरेलले प्यालेष्टाइनी राष्ट्रिय परिषद्लाई करसम्बन्धी रकम हस्तान्तरण कार्य स्थगित गरिसकेको जनाएको छ।

         इजरेली बित्तमन्त्रीका अनुसार, प्यालेष्टाइनी इस्लामिक प्रतिरोध आन्दोलन हमासले करसम्बन्धी रकमको प्रयोग गरी हात-हतियार खरिद गरी इजरेलको सुरक्षामा हानी पुर्‍याउन नदिनका लागि इजरेलले प्यालेष्टाइनलाई कर रकम हस्तान्तरण स्थगित गरेको हो। इजरेलले कर रकम हमासको हातमा पुग्ने वा नपुग्ने भन्ने कुरा निश्चित नगरुन्जेलसम्म उक्त प्रक्रिया पुन:आरम्भ नगर्ने कुरा पनि जनाएको छ।

         जनमतको ठहरअनुसार, उक्त गतिबिधि इजरेल सरकारले प्यालेष्टाइनी राष्ट्रिय मुक्ति आन्दोलन फाताह र हमासबीच मेलमिलाप पूरा हुनका लागि प्यालेष्टाइनमाथि गरेको एक किसिमको नाकाबन्दी हो।

          प्यालेष्टाइनमा नियुक्त हुनलागेका प्रधानमन्त्री फायेजले हिजो बोल्दै इजरेलको उक्त गतिबिधिले प्यालेष्टाइनभित्रको मेलमिलाप र राज्य स्थापना गर्ने प्रक्रियालाई असर नपार्ने कुरा बताउनुभयो।