एनपीएलः सबैभन्दा बढी विकेट लिनेमा ललित राजबंशी लगभग पक्का

 

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुदैँछ । किर्तिपुरस्थति त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स भिडदैँछन ।

जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदुरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबिच भब्य प्रतिस्पर्धा हुदैँछ । जुन खेल अपरान्ह १२ बजेवाट सुरु हुनेछ ।

एनपीएलको जारी खेलमा सबैभन्दा बढी विकेट जनकपुरका ललित राजबंशीले लिएका छन, उनले अहिलेसम्म १६ विकेट लिएका छन भने दोस्रो नम्बरमा सुदुरपश्चिमका स्कट कुजेलेएिनले पनि १६ विकेट नै लिएका छन् । दुबै खेलाडी आज पनि खेल्ने भएकाले कस्ले बढी विकेट लिने हो ? त्यो भने हेर्न बाँकी रहेको छ ।

उता, चितवन राइनोजका सोहिल तनवीर र रिजन ढकालले क्रमशः १४ र १३ विकेट लिएका छन् । उनीहरुको तेस्रो र चौथों स्थान सुनिश्चित भइसकेको छ।

आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन ।