च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारत-पाकिस्तान खेल दुबईमा

 

काठमाडौं, १० पुस । आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।

हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ । च्याम्पियनसिप ट्रफिका खेलहरु १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ ।

भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा मात्र खेल्नेछ भने बंगलादेश र न्युजिल्याण्ड पनि टोलीको समूहमा छन् । सेमिफाइनल पनि दुबईमै हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । प्रतियोगिताका बाँकी १० खेल भने आयोजक राष्ट्र पाकिस्तानमा हुनेछ । पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, उक्त टोलीले २०१७ मा भारतलाई फाइनलमा हराएर उपाधि जितेको थियो।

समुह ए मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् भने दोस्रो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् । ४ र ५ मार्चमा २ वटा सेमिफाइनल हुनेछन् भने फाइनल खेल भने मार्च ९ मा हुनेछ ।

भारत र पाकिस्तानका टिमले एकअर्काको देशमा क्रिकेट खेल्ने छैनन् । च्याम्पियन्स ट्रफी २०२५ मा भारतका सबै खेलहरू तटस्थ स्थानहरूमा खेलिनेछन्। पाकिस्तानी टोली पनि सन् २०२७ सम्म कुनै पनि प्रतियोगिताका लागि भारत आउने छैन । यसका खेलहरू तटस्थ स्थान अर्थात दुबईमा मात्रै हुनेछन्।