इरान पाकिस्तानसँग दुईपक्षीय व्यापारिक सम्बन्ध बढाउन इच्छुक रहेको समाचारमा उल्लेख गरिएको छ।इरानी विदेशमन्त्री अलि अकबर सालेहीले उक्त दुई देशबीचको व्यापार विस्तार र वाणिज्य आदान-प्रदान अति आवश्यक कुरा भएको पनि बताउनुभयो।
इरानी विदेशमन्त्री श्री सालेहीले पाकिस्तानी प्रतिनिधि सभाका सभामुख फारुक हामिद नायकसँग तेहरानमा छलफल गर्दै उक्त कुरा बताउनुभएको हो।